ग्रहले जातकलाई शुभ फल दिइरहेको वेलामा परिवारका सदस्य तथा नातेदारहरुलाई अशुभ फल प्रदान गरिरहेको हुन्छ ।
निम्न उदाहरणवाट बुझ्ने कोशिष गरौ ।
१। एउटाको लागि त्यहि खाना अमृत हुन्छ भने अर्काको लागि विष, उदाहरणको लागि दोश्रो भावको स्वामीले प्रमोसन गराउछ, धनमा वृद्धि गराउछ भने त्यहि ग्रह जीवन साथिको मृत्युको कारण पनि हुन जान्छ । किनकी दोश्रो भाव जातकको धन भाव हुनाले जातकलाई धनको लागि राम्रो भयो भने , जीवन साथिको भाव सप्तम भाववाट अष्टम हुन जादा मृत्युको कारक वन्न जान्छ ।
२। किताव प्रकाशनको उत्सव वाट धन कमाउदै गर्दा आमासँग अलग हुनुपर्ने अथवा आमासँग मनमुटाव हुन जान्छ अथवा पिताको वियोग पनि सहनुपर्ने हुन सक्छ, किनकी तृतिय भाव प्रकाशनको भाव हो भने , आमाको भाव देखि १२ औं भाव र पिताको भाववाट सप्तम भाव मारक हुन जान्छ ।
३। जातकले घर वनायो अथवा नया गाँडी किन्यो र उद्धघाटनकै दिन त्यहि गाडिमा दुर्घटनाको कारणले उसको छोराको मृत्यु भयो, अथवा घर सर्दाकै दिन करेन्ट लागेर छोराको मृत्यु भयो किनकी चतुर्थ भाव घर गाडीको हुन्छ भने, सन्तानको भाव पञ्चम वाट १२ औं हुन जान्छ ।
४। ९,१०,१२ भाव एक्टिभ हुदा, जातक तिर्थ यात्रामा परिवार सहित घुम्न जान्छ रमाइलो गर्छ नदिमा नुहाउन थाल्दा नदिले उसको छोरालाई वगाइदिन्छ किनकी पञ्चम भाववाट ६ र ८ भाव पनि एक्टिभ हुन्छ ।
माथिका उदाहरण घटनाले के संकेत गर्दछ भने, जातकलाई खुशि प्राप्त हुदा परिवारलाई हानि गर्न सक्दछ तसर्थ उक्त ग्रहलाई निरपेक्ष रुपमा शुभ मान्ने कि अशुभ ?
वैदिक ज्योतिष अनुसार वृहस्पति सवैभन्दा शुभ, त्यसपछि शुक्र, पाप ग्रहको प्रभावमा नरहेको बुध र उदाउदो चन्द्रमालाई शुभ मानिएको छ भने, सूर्य, मंगल, शनि, राहु र केतु लाई पाप ग्रह अथवा अशुभ ग्रह मानिएको छ । चन्द्रिका जातक शास्त्रमा ३,६,८,११ भावको स्वामीलाई पनि अशुभ मानिएको छ । त्यस्तै गरि १,५,९ र १० भावको स्वामीले जातकलाई शुभ फल प्रदान गर्ने हुनाले उक्त भावको स्वामी ग्रहलाई शुभ ग्रहमा राखिएको छ ।
पश्चिमी ज्योतिषीहरुले सूर्यलाई पाप ग्रहमा राख्न मान्दैनन्, किनकी सूर्य ग्रहहरुको राजा हो । उनिहरुले सूर्य, गुरु, शुक्र, उदाउदो चन्द्रमा र बुधलाई शुभ ग्रहमा राखेका छन् । वाँकी ग्रहहरु को साथमा युरानस र नेप्च्यूनलाई पनि अशुभ ग्रहमा राखेका छन् ।
कृष्णमूर्ति पद्धति अनुसार ग्रह शुभ छन कि अशुभ निम्न तरिकाले छुट्टाइन्छ ।
जुन सुकै ग्रह किन नहोस उक्त ग्रहलाई सोर्स (स्रोत)को रुपमा लिइन्छ ।
उक्त ग्रह केको नक्षत्रमा वसेको छ, त्यसको स्वामीलाई ग्रहले दिने फलको परिणामको वारेमा बुझीन्छ भने उपनक्षत्र स्वामीवाट हामिलाई प्राप्त हुने नतिजा अनुकुल हुन्छ कि प्रतिकुल सो को जानकारी प्राप्त हुन्छ । तसर्थ जव सम्म नतिजा हामि अनुकुल हुदैन तवसम्म उक्त ग्रहलाई शुभ मानिदैन ।
यहा ग्रह वसेको राशिलाई धेरै महत्व दिइदैन । नक्षत्रलाई महत्व दिइन्छ । नक्षत्रको स्वामी कहा वसेको छ, राशि स्वामी कुन कुन भावमा अवस्थित छ त्यसलाई ध्यानमा राखिन्छ । यदि कुनै ग्रह १२ भावमा रहेको छ भने, अलग गराउदछ, हानि हुन्छ, पैसा खर्च हुन्छ, दुखले घेर्छ आदि भनेर वुझिन्छ तर त्यसको वावजुद झन मिलन हुन्छ, प्रसस्त आम्दानी हुन्छ, खुशियाली प्राप्त हुन्छ ।
तल दिइएको कुण्डलीद्धारा बुझ्ने कोशिष गरौ ।
दिइएको कुण्डलीमा वैदिक ज्योतिष अनुसार गुरु, सूर्य , शनि, मंगलले अशुभ फल दिनेछ किनकी ८ र १२ भावमा अवस्थित छन ।
तर उपरोक्त जातकलाइ शनि मंगल , सूर्य र गुरुको दशा अन्तरदशामा भाग्यले धेरै साथ दियो, प्रशस्त धनार्जन भयो, खुशियाली प्राप्त भयो तर एकादश भावमा स्थित केतु, शुक्र,बुध र पञ्चम भावमा स्थित राहुको दशामा सर्वाधिक अशुभ फल प्राप्त भयो । बुध र शुक्रले यहा धर्म कर्माधिपति योगको निर्माणको वावजुद पनि खराव रहन गयो ।
किन यस्तो भयो त ?
गुरु र सूर्य मुल नक्षत्रमा, शनि पूर्वाशाढा नक्षत्रमा र मंगल मघा नक्षत्रमा रहेका थिए जसको स्वामी ११ भावमा अवस्थित छन् । जसले गर्दा शुभ फल प्राप्त भयो ।
बुध, शुक्र र केतु विशाखा र अनुराधा नक्षत्रमा छन भने, राहु मृगशिरा नक्षत्रमा रहेको छ जसको स्वामी ८ र १२ भावमा रहेका छन् ।
यहा ग्रह वसेको भावले भन्दा पनि ग्रह वसेको नक्षत्र स्वामीले काम गरेको देखिन्छ ।
केपि सिस्टमको राज भनेकै यहि हो ।