ग्रहहरु घुम्ने मार्ग तथा ब्रह्माण्डलाई भचक्र भनिन्छ, जो ३६० डिग्रीको हुन्छ ।
३६० डिग्रीलाई समान १२ भागमा विभाजन गर्दा ३० डिग्रीको एउटा राशि हुन जान्छ । र राशिहरु १२ वटा रहेका हुन्छन्, मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ देखि मिन सम्म
त्यस्तै गरि ३६० डिग्रीलाई समान २७ भागमा विभाजन गर्दा १३।२० डिग्रीको एउटा नक्षत्र हुन जान्छ ।
हरेक राशिमा ३ वटा अपूर्ण नक्षत्रहरु रहेका हुन्छन् , जस्तै मेष राशिमा आस्विनी १३।२० डिग्री, भरणी १३।२० डिग्री र कृतिका ३।२०
जन्म समयमा पूर्वि क्षितिजमा जुन राशि उदाएको हुन्छ, त्यसलाई लग्न राशि भनिन्छ, ज्योतिषमा सवैभन्दा महत्वपूर्ण लग्नलाई मानिन्छ ।
दशा क्याल्कुलेसन गर्न तथा नाम जुराउन चन्द्रमाको प्रयोग गरिन्छ । जन्म समय चन्द्रमा जुन नक्षत्रमा रहेको हुन्छ, जातकको जन्म समयको महादशा उहि नक्षत्रको स्वामी हुन्छ, उदाहरणको लागि कुनै जातकको जन्म मघा नक्षत्रमा भयो भने जातकको जन्म समयको महादशा मघा नक्षत्रको स्वामी केतु हुन गयो । मघा नक्षत्रको जुन चरणमा जन्म भएको छ सोहि अनुसार नाम जुराइन्छ ।
भचक्र – राशि, नक्षत्र, दशा